यस्तो छ, केन्द्र सरकारले संचालन गर्ने आयोजना र त्यसको लागि बजेटको ब्यवस्था




काठमाडौं । सरकारले खास केही कार्यक्रमको लागि आवश्यक बजेटको ब्यवस्था गरेको जानकारी दिएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा यस्तो ब्यवस्था गरिएको जानकारी दिएका हुन् ।

मन्त्री महराका अनुसार भूकम्प पछिको पुननिर्माणका लागि १ खर्ब ४६ अर्ब रुपैयाँ बजेट छुट्टयाइएको छ ।

माथिल्लो तामाकोशी आयोजनाको लागि ५० करोड रुपैयाँ बजेटको ब्यवस्था गरिएको छ भने बुढीगण्डकी जलविद्युत आयोजना बनाउनको लागि १० अर्ब १७ करोड रुपैयाँ बजेट ब्यवस्था गरिएको छ ।

यस्तै तराइ मधेश द्रुतमार्गको लागि १० अर्ब १४ करोड रुपैयाँ बजेट ब्यवस्था गरिएको अर्थमन्त्री महराले जानकारी दिए । बाराको निजगढ, लुम्बिनीको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल र पोखरा विमानस्थल बनाउनको लागि सरकारले १३ अर्ब ७२ करोड रुपैयाँ बजेटको ब्यवस्था गरेको छ ।

यस्तै उत्तर दक्षिण करिडोरको लागि ३ अर्ब, मध्यपहाडी लोकमार्गको लागि ४ अर्ब ३ करोड, रेलमार्ग बनाउन ४ अर्ब २ करोड, पशुपति र लुम्बिनी क्षेत्रको विकासको लागि १ अर्ब १६ करोड, मेलम्ची खानेपानी आयोजनाको लागि ६ अर्ब ५७ करोड र राष्ट्रपति चुरे संरक्षण आयोजनाको लागि १ अर्ब ९३ करोड रुपैयाँ बजेट ब्यवस्था गरिएको छ ।


क्लिकमान्डु