स्थानीय तहलाई १० करोडदेखि सबा अर्बसम्म




काठमाडौं । सरकारले स्थानीय तहलाई ठूलो परिमाणमा बजेट उपलब्ध गराएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले अहिले ब्यवस्थापिका संसदमा पेश गर्दै गरेको बजेटमा स्थानीय तहलाई कम्तिमा १० करोडदेखि सबा अर्ब रुपैयाँसम्म दिने जानकारी दिएका हुन् ।

महराले दिएको जानकारी अनुसार गाउपालिकालाई कम्तिमा १० करोड रुपैयाँदेखि बढीमा ३९ करोड रुपैयाँसम्म अनुदान दिइने छ ।

यस्तै नगरपालिकालाई १५ करोड रुपैयाँदेखि ४३ करोड रुपैयाँसम्म, उपमहानगरपालिकाको लागि ४० करोड रुपैयाँदेखि ६३ करोड रुपैयाँसम्म र महानगरपालिकाको लागि ५६ करोड रुपैयाँदेखि १ अर्ब २४ करोड रुपैयाँसम्म अनुदान दिने महराले जानकारी दिए ।

यसरी अनुदान दिदा जनसंख्या, भूगोल, क्रमागत आयोजना र अन्य मापदण्डलाई आधार बनाइने छ ।


क्लिकमान्डु