बजेटमा नयाँ कार्यक्रम राखे अर्थमन्त्री महरालाई १ लाख जरिवाना



काठमाडौं । सरकारले आज ब्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७४/७५ को वार्षिक बजेट पेश गर्दैछ । स्थानीय तह निर्वाचनको दुई चरणमा हुने हुँदा अहिले सरकारलाई नयाँ कार्यक्रम ल्याउनको लागि निर्वाचन आंचारसहिताले रोक्छ ।

पहिलो चरणको निर्वाचनकाे मिति भने जेठ ३१ को लागि तोकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राजिनामा दिएको हुँदा सरकार कामचलाउ अवस्थामा पुगेको छ । सरकारले राजनीतिक सहमतिको आधारमा नयाँ कार्यक्रम नराखेर बजेट ल्याउने बताएको छ ।

निर्वाचन आचांरसहित २०७२ अनुसार सरकारले निर्वाचन घोषणा भएपछि नयाँ कार्यक्रम राखेर बजेट ल्याउन नपाइने उल्लेख छ । आंचारसहिताको ७ नम्बर बुँदामा नयाँ बजेट ल्याउन नहुँने भनेको छ ।

आंचारसहिता विपरित सरकारले राजनीति कार्यक्रम राखेर बजेट ल्याएमा निर्वाचन आयोगले निर्वाचन आयोग ऐन २०७३ अनुसार कारवाही गर्न सकिने व्यवस्था छ ।

निर्वाचन आयोग ऐन २०७३ मा आंचारसहिता नमानेर कार्यक्रम राखेमा त्यसलाई खारेज गर्न सक्ने अधिकार आयोगलाई छ । आंचारसहिता उलंघन गरेमा १ लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने अधिकार निर्वाचन आयोगलाई कानूनी अधिकार छ । तर, नेपालको संविधानमा जेठ १५ गते अर्काे आर्थिक बर्षको बजेट ल्याउनै पर्ने बाध्यकारी ब्यवस्था गरिएको छ । बजेट ल्याउनै पर्ने संबैधानिक ब्यवस्था अनुसार सरकारले आज बजेट ल्याउन लागेको हो ।


क्लिकमान्डु