फेवा विकास बैंकको एटिएम सेवा बुटवलको नयाँगाउँमा सुरु



काठमाडौं । फेवा विकास बैंक लिमिटेडले रुपन्देही–बुटवल स्थित नयाँगाउँ शाखाबाट एटिएम सेवा शुरु गरेको छ । सो एटिएम सेवाको उद्घाटन फेवा विकास बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा तथा बुटवल नयाँगाउँ स्थित स्वामिनारायण मुक्तिनाथ धामका स्वामि लोकानन्द महाराजले संयुक्त रुपमा गरे ।

यो समेत बैंकको देशभरमा एटिएम संजाल १६ वटा पुगेको जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले सो एटिएम सेवाबाट सेवाग्राहीहरुलाई विदाको दिनमा समेत रकम निकाल्न सहज हुने बताए ।

यसै अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल उपमहानगरपालिका–१३ मा अवस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (साहारा घर) मा आश्रीत अनाथ बालबालिकाहरुलाई खाद्यान्न तथा स्टेशनरी सामाग्रीहरु समेत वितरण गरेको छ ।

वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रदानगर्दै आइरहेको जनाएको छ ।


क्लिकमान्डु