नेपालीको टाउकामा लागेको ऋण घट्यो



काठमाडौं । नेपालको राजनीतिमा सरकारले नागरिकलाई ऋणको बोझ बढाएको आरोप लाग्छ । खासगरी बहुदल नआउँदा यो नारा बढी नै । बहुदलपछिपनि यस्ता नारा राजनीतिमा बढी नै लाग्ने गरेका छन् । खासगरी सरकारमा नभएको समयमा राजनीति दललाई ऋण बढाएको आरोप लगाउने गर्छन् ।

सरकारले जारी गरेको आर्थिक सर्वेक्षण अनुसार प्रति नेपालीले तिनुपर्ने आन्तरिक र वैदेशिकको ऋण अघिल्लो वर्षको भन्दा तिनुपर्ने ऋण ४ सय १० रुपैयाँले घटेको छ ।

सर्वेक्षण अनुसार प्रति नेपालीको भागमा अहिले २१ हजार ७ सय ४९ रुपैयाँ ऋण रहेको छ । अघिल्लो वर्ष यस्तो ऋणको भार २२ हजार १ सय ५९ रुपैयाँ थियो ।

अहिले नेपालले विदेशी निकायलाई ३ खर्ब ९१ अर्ब रुपैयाँ छ भने आन्तरिक रुपमा सरकारले लिएको २ खर्ब ३३ अर्ब छ ।

अर्थमन्त्रालय वैदेशिक सहायता महाशाखा प्रमुख बैकुण्ठ अर्याल नेपालले ऋण तिरेको कारण प्रतिव्यक्ति ऋणको अनुपात घटेको बताए ।

नेपालको अर्थतन्त्रको आकार विस्तारको हिसाबले ऋणको अनुपात भने घट्दै गएको छ । आर्थिक वर्ष २०६४÷६५ मा ४६.१ प्रतिशत थियो । अहिले यो घटेर २४.१ प्रतिशतमा घटेको छ।


क्लिकमान्डु