भरतपुर २१ मा रेणुलाई कांग्रेसको ७८ प्रतिशत भोट



काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना रोमान्चक मोडमा पुगेको छ । कांग्रेस–माओवादी गठबन्दधनी मेयरकी उम्मेद्वार रेणु दाहालले एमालेका देवी ज्ञावालीसँगको मत मतान्तर ह्वात्तै घटाएकी छन् ।

भर्खरै सम्पन्न भरतपुर महानगरपालिका वडा नं। २१ को मत गणना सकिन लागेको छ । हालसम्म प्राप्त जानकारी अनुसार २१ नम्बर वडाबाट ७८ प्रतिशत कांग्रेसको मत रेणुलाई गएको छ ।

२१ नं को १२०० गन्दा कांग्रेसको मत ७ सय ८५ मध्ये ४३५ रेणुलाई गएको छ । यो ७८ प्रतिशत हो । त्यसैगरी, १० प्रतिशत अर्थात् ६० मत देवीलाई गएको छ भने बाँकी मत बदर भएको छ ।

हालसम्म एमालेका देवीले ४० हजार ५ सय ८५ मत पाएका छन् भने माओवादीकी रेणुले ३९ हजार ६ सय ७९ मत पाएकी छन् । हालसम्म प्राप्त नतिजा अनुसार देवी रेणुभन्दा ९ सय ९ मतले अगाडि छन् ।

अब ७ हजार ३ सय ३० मत गन्न बाँकी छ । यही रफ्तारमा रेणुले मत बढाउन सकिन भने चुनाव जित्ने संभावना छ । होइन भने देवीले स्वत चुनाव जित्नेछन् ।


पुष्प दुलाल