छ्याङ्दी हाइड्रो पावरको आइपिओ बारे छलफल



काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले छ्याङ्दी हाइड्रो पावरको आस्वा प्रणालीमा सेयर भर्ने विषयमा छलफल गरेको छ ।

जेठ १४ देखि प्रतिकित्ता एक सय रुपैयाँको दरले ५ लाख ४० हजार कित्ता साधारण सेयर छ्याङ्दीको जारी हुँदै छ । निष्कासन तथा बिक्री प्रवन्धक रहेको ग्लोबल आइएमई क्यापिटलले धितोपत्र बोर्ड,सिडिएस तथा विभिन्न बैंक तथा वित्तीय संस्थासँग छलफल गरेको हो ।


क्लिकमान्डु