पाकिस्तानको अर्थतन्त्रमा सुधार



पाकिस्तान । पाकिस्तानको अर्थतन्त्र यस दशककै सबैभन्दा राम्रो अवस्थामा पुगेको, पाकिस्तानी अर्थमन्त्रीले बिहीबार बताए।

पाकिस्तानको अर्थतन्त्रको वृद्धि दर गत वर्षमा ५.३ प्रतिशत पुगी यस दशककै सबैभन्दा राम्रो अवस्थामा पुगेको बताउँदै अर्थमन्त्री इशाक दरले गत वर्ष कुल ग्राहस्र्थ उत्पादन दशककै सबैभन्दा ३० करोड अमेरिकी डलरभन्दा माथि पुगेको बताए।

उनले अर्थतन्त्रमा सुधार आउनुलाई मुलुकको सुरक्षास्थितिमा देखिएको सुधार प्रमुख कारण भएको बताए।

अर्थमन्त्री दरले सार्वजनिक गर्नुभएको रिपोर्टमा राज्यको मुद्रास्फिती ४.१ प्रतिशत पुगेको बताउनुभयो । यो अघिल्लो आर्थिक वर्ष २.८ प्रतिशत रहेको थियो । त्यसैगरी कुल ग्राहस्र्थ दरमा राजस्व वृद्धि दर १०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आगामी वर्ष ६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

पाकिस्तानी नागरिकको प्रतिव्यक्ति आय आर्थिक वर्ष २०१७ मा एक हजार ६२८ अमेरिकी डलर पुगेको छ । यो अघिल्लो बर्षको १.१ बाट ५.३ बढेर ६.४ प्रतिशत वृद्धि भएको बताइएको छ । रासस/एएफपी


क्लिकमान्डु