कोबेल्को एसके २२० एक्स डी मोडेलको नयाँ एस्काभेटर बजारमा



काठमाडौं । पूजा कन्स्ट्रक्सन नेपालले २१ टन क्षमताको कोबेल्को एसके २२० एक्स डी मोडेलको नयाँ एस्काभेटर बजारमा ल्याएको छ।

नेपाली परिवेशलाई मध्यनजर गर्दै चुनौतिपूर्ण प्रयोगलाई ध्यानमा राखी यसको डिजाइन गरिएको छ। नेपालमा सडक काट्ने र चुनढुंगा खानीमा समेत प्रयोग हुने भएकाले एस्काभेटरमा ब्रेकर अपरेशन प्रक्रिया आवश्यक हुने कम्पनीले जनाएको छ।

विगतमा विक्री गरिएकामध्ये ७० प्रतिशत उपकरण ब्रेकर अपरेशनमा प्रयोग भएको तथ्यलाई आधार बनाउँदा कोबेल्को मानिएको पूजा कन्स्ट्रक्सनका सिइओ बिबेक बिजुक्छेले बताए।

कम्पनीले एसके २२० एक्सडीको मूल्य ९७ लाख रुपैयाँ कायम गरेको  छ। खरीदकर्तालाई तयारी मौज्दात उपलव्ध रहेको र इच्छुक कम्पनीहरुलाई पनि एलसी खोली सिधै भारतबाट खरीद गर्न सकिने गरी वैकल्पिक सुविधा दिइएको उनले बताए।

खरिद गरेपछि यस्ता उपकरणमा पार्टपूर्जामा विभिन्न सेवा उपलव्ध गराइने प्रत्याभूति कम्पनीले दिएको छ। उपकरणको मूल्य ९७ लाख रुपैयाँ परेता पनि दीर्घकालीन प्रयोगमा यसले इन्धनको खपतमा मितव्ययिता गरी वार्षिक १२ लाख रुपैया बचत गर्ने कम्पनीको दावी छ।

जापानी प्रविधिमा आधारित नविनतम प्राविधिक विशेषता भएको एसके २२० एक्सडी एस्काभेटर नेपालमा तीन वर्षको छोटो अवधिमा ३०० भन्दा बढी विक्री भएका कम्पनीले जानकारी दियो।

यो उपकरणको नेपाल आगमनले ग्राहकलाई थप मूल्य प्रदान गर्ने कोबेल्को कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाका एमडी तथा सिइओ यातुका गोतोले बताए।


क्लिकमान्डु