ओमले सुरु गर्यो निःशुल्क आस्वा सेवा



 

 

 

 

 

 

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले निःशुल्क आस्वा सेवा शुरु गरेको छ । आस्वा प्रणालीबाट ग्राहकहरुले ओमबाट निःशुल्क सहज रुपमा बैंकमा रहेको मौज्दात रकम ब्लक गरेर धितोपत्र निष्काशनको लागि आवेदन दिन बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार ग्राहकहरुले यो सेवा काठमाण्डौं, पोखरा लगायत बैंकको ३२ वटै शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् ।
बैंकले मनास्लु विकास बैंकसंग संयुक्त कारावार गर्नका राष्ट्र बैंकमा स्वीकृतीको लागि निवेदन पेश गरिसकेको छ । राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई संयुक्त कारोवार भएपछि १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने अधिकारीले बताए ।


पुष्प दुलाल