लक्ष्मी इन्टरकन्टिनेन्टलले पायो रिजनल एक्सिलेन्स अवार्ड २०१६



काठमाडौं । कोरियाली मोटर उत्पादक कम्पनी हुण्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एशिया तथा प्यासिफिक क्षेत्रको रिजनल एक्सिलेन्स अवार्ड २०१६ प्राप्त गरेको छ ।

मे १० तारिखदेखि १३ तारिखसम्म दक्षिण कोरियामा सम्पन्न हुण्डाई ग्लोबल डिस्ट्रिब्युटर कन्भेन्सनमा लक्ष्मीले सो अवार्ड  प्राप्त गरेको हो ।

हुण्डाइको ५० बर्षिय गौरवपूर्ण यात्राको उपलक्ष्यमा आयोजित कार्यक्रममा १३२ देशबाट २४८ जना हुण्डाई गाडीका वितरक तथा बिक्रेताहरु उपस्थित थिए ।

हरेक बर्ष आयोजना हुने हुण्डाईका प्रमुख कार्यकारीहरुको सम्मेलनका अवसरमा हुण्डाइले पहिलो श्रेणीको अटोमोबाइल उत्पादक बन्न दृष्टिकोणसमेत सार्वजनिक गरेको छ ।


क्लिकमान्डु