डीआइजी मुद्दाको सुनुवाइ आज, तोकिए ७ न्यायाधीश



काठमाडौं । डीआइजी नवराज सिलवालको मुद्दाको सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीले सिलवालको मुद्दा सुनुवाइका लागि ७ न्यायाधीशको ‘वृहत पूर्णइजलास’ तोकेकी छिन् ।

कार्कीले सिलवाल मुद्दाको पूर्ण इजलासका लागि चोलेन्द्र शमसेर जबरा, तेजबहादुर केसी, देवेन्द्रगोपाल श्रेष्ठ, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, सपना प्रधान मल्ल र केदार चालिसेलाई तोकेकी हुन् ।

विहीबाको इजलासले सिलवालद्वारा दायरे रिटका साथै आइजीपी प्रकाश अर्याललले सिलवाल विरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्नेछ ।


पुष्प दुलाल