सिस्काको नयाँ शोरुम पुतलीसडकमा खुल्यो



काठमाडौं । एलइडी लाइटको क्षेत्रमा सक्रिय कम्पनी ‘सिस्का’ ले काठमाडौँमा शोरुम खोलेको छ।

कल मोबिलिटीसँगको सहकार्यमा सिस्का एलइडीले राजधानीको पुतलीसडकमा नयाँ शोरुम स्थापना गरेको छ । सो शोरुममा घरेलु, औद्योगिक तथा व्यापारिक प्रयोजनका लागि विभिन्न प्रकारका सिस्काका एलइडी उत्पादनहरु राखिएको छ।

नयाँ शोरुममा पुरुष तथा महिलाका सेभर, ट्रिमर, ड्रायरलगायतका २५ भन्दा बढी पर्सनल केयर प्रोडक्टहरु किन्न पाइने बताइएको छ।

सिस्काको संसारभरी १४ सय वितरक तथा ९० हजार भन्दा बढी रिटेरलहरु रहेको कम्पनीले जनाएको छ।


क्लिकमान्डु