एमालेले उपत्यकामा खाता खोल्यो



काठमाडौं । काठमाडौं महानरपाली वडा नम्बर एकको वडा अध्यक्ष नेकपा एमालेले जितेको छ । उसले नेपाली काँग्रेसको उमेद्वारलाई हराएको हो ।

एमालेका भरतलाल श्रेष्ठ १ हजार ३५ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६ सय ३२ मत ल्याएका छन् ।

योसँगै एमालेले काठमाडौं महानगरमा खाता खोलेको छ ।


क्लिकमान्डु