सांग्रिला डेभलपमेन्ट बैंकले १६ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रद सेयर दिने



काठमाडौ। सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई १६.०७ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद सेयर दिने भएको छ ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार ०७४ असार मसान्त सम्ममा चुक्ता पुँजी बढाउनका लागि बैंकको सञ्चालक समितिले सेयरधनीलाई बोनस र हकप्रद सेयर दिने निर्णय गरेको हो ।

आगामी जेठ १९ गते हुने बैंकको १२औं बार्षिक साधारणसभाले पारित गरेपछि मात्रै बैंकले घोषणा गरेको हकप्रद र बोनस सेयर वितरण गरिनेछ ।

साधारणसभामा कसमस डेभलपमेण्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेण्टलाई प्राप्ति गर्ने प्रस्ताब पनि छ ।

बैंकले चालू आर्थिक वर्षको चैत मसान्तस ११ अर्व ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले ३८ करोड ४८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा निक्षेप २ अर्ब ४९ करोड अर्थात २७ प्रतिशत, कर्जामा ३ अर्ब ४ करोड अर्थात् ३९ प्रतिशत तथा संचालन नाफा २१ करोड ८५ लाख रुपैयाँ अर्थात १ सय ३१ प्रतिशतले वृद्धि हो ।


पुष्प दुलाल