भिवोर सोसाइटी डेभलपमेन्ट बैंक, अब लुम्बिनी विकास बैंक



काठमाडौं । भिवोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी गाभिदै लुम्बिनी विकास बैंक हुने भएको छ । भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले बिहिवार नवौं वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित गरेको हो ।

लुम्बिनी विकास बैंकको चुक्ता पुँजी २ अर्व ३७ करोड १८ लाख रुपैयाँ पुग्नेछ । गाभिए पश्चात कायम हुने चुक्ता पुँजीको १० प्रतिशत (१०ः१) को दरले हकप्रद शेयर समेत निष्काशन गरी नेपाल राष्ट्र बैंकले तोकेको समयसिमा िभत्रै आफ्नो चुक्तापुँजी २ अर्व ५० करोड पुर्याउने गरी सो विकास बैंक अगाडी वढीे रहेको बैंकले जानकारी दिएको छ।

हाल बैंकको कुल निक्षेप १५ अर्व ६ करोड रुपैयाँ र कर्जा १३ अर्व ५६ करोड रुपैयाँ छ । बैकका ४४ शाखा, १२ एटीएम रहेका छन् ।


पुष्प दुलाल