एलजीले लिनियर कम्प्रेसर टेक्नोलोजी निर्मित रेफ्रिजेरेटर १ करोड ५० लाख वटा बेच्यो



काठमाडौं । एलजीद्धारा लिनियर कम्प्रेसर टेक्नोलोजी निर्मित/सञ्चालित १ करोड ५० लाख वटा रेफ्रिजेरेटरहरुको बिक्री निर्धारण भएको छ । एलजी इलेक्ट्रोनिक्सले उपकरण विभाजनको सबैभन्दा सफल र मुख्य प्रविधि लिनियर कम्प्रेसर टेक्नोलोजीद्वारा निर्मित १ करोड ५० लाख रेफ्रिजिरेटरहरु संसार भरी बिक्रीगर्ने निर्णय लिएको छ ।

एलजीका गुणस्तरीय रेफ्रिजिरेटरहरुको बिक्री ८ प्रतिशतले बढेको हुँदा यस वर्ष पनि ४० लाख वटा रेफ्रिजिरेटरहरु बिक्रीगर्ने अपेक्षा राखेको छ जसअनुसार प्रति मिनेट लगभग ७ वटाको दरले रेफ्रिजिरेटरहरु बिक्री हुने कम्पनीको दाबी छ ।

एलजी इन्र्भटर लिनियर कम्प्रेसर टेक्नोलोजी गुणस्तरीय रेफ्रिजिरेटरहरुको नमुना हुनाले यसलाई कम्पनिको सफलताको आधार मानिन्छ ।

१६ वर्ष अगाडि इन्भर्टर लिनियर कम्प्रेसर आविश्कार भएपश्चात एलजीले लगातार आफ्नो उपकरणहरुको सुधारमाजोड दिएको छ । एलजीले पाँचौं युगको इन्भर्टर लिनियर कम्प्रेसर २०१४ सालमा भित्राएको थियो जसले अन्यको तुलनामा ५५ प्रतिशत उर्जा बचाउँछ र १५ प्रतिशत ध्वनी न्ययूनिकरण गर्दछ । हाल एलजीको दक्षिण कोरियामा ९८१, अमेरीकामा २३२ र युरोपमा ५२ वटा इन्भर्टर लिनियर कम्प्रेसरका आधिकारिकहरु रहेका छन् ।

‘एलजी रेफ्रिजिरेटर हरुको संसार भरिनै ब्यापक सफलताको लागि हामीले इन्भर्टर लिनियर कम्प्रेसर जस्ता उपकरणहरुको  उत्पादन गरेका हौं,’ एलजीको होम अप्लाइएन्स तथा एयर सोलुसन कम्पनिका अध्यक्ष सङ डाई ह्युनले भने,’हाम्रो रेफ्रिजिरेटरलाई अझ सबल बनाउने, ध्वनी प्रदुशण घटाउने र साथसाथै न्यून उर्जाको प्रयोग गर्ने बनाउनुनै हामीद्वारा  हाम्राउपभोक्ताहरुका निम्ती निरन्तर गुणस्तरीयता भित्र्याउनु हो ।’


क्लिकमान्डु