सिटिजन्स बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता




काठमाडौं । सिटिजन्स बैंक र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सम्झौता भएको छ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र सूर्य लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतासँगै बैंकको कुनैपनि शाखाबाट बैंकिङ्ग सेवाका अतिरित्त आफ्नो जीवन बीमा गर्न र सोको प्रिमियम रकम छिटो, छरितो र सहज रुपमा बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा लिन सकिने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले जानकारी दिए ।


पुष्प दुलाल