नेबिको प्रालिको क्रुम–क्रुम विस्कुट बजारमा



काठमाडौं । नेबिको प्रा. लि. ले आफ्नो नयाँ उत्पादन बजारमा भित्राएको छ । कम्पनीले क्रुम–क्रुम विस्कुट बजारमा ल्याएको छ । क्रुम–क्रुम विस्कुट हरेक उमेर समुहका  ग्राहकहरुलाई मनपर्ने स्वादमा रहेको बताईएको छ ।

Salt & Sweet Flavour मा रहेको क्रुम–क्रुम विस्कुट एक प्याकेटको मुल्य १० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

नेबिको प्रा. लि.का ब्राण्ड म्यानेजर अरुण पौडेलका अनुसार ग्राहकले खोजे जसै नयाँपन, गुणस्तर र सुपथ मुल्यमा उत्पादनहरु पस्कँदै आएको बताए । साथै क्रुम–क्रुम विस्कुट निकै स्वादिलो र खाजाका रुपमा उत्कृष्ट साथै ग्राहकवर्गलाई सन्तुष्टी दिने पनि उनले बताए ।


क्लिकमान्डु