नेप्से ९ अंकले घट्यो, ७९ करोडको कारोबार



काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से ) परिसुचक साताको अन्तिम दिन ९.२ अंकले घटेको छ । बिहिबार १६६२.३८ अंकबाट सुरु भएको नेप्से परिसुचक कारोबार बन्द हुँदा १६५३.१८ अंकमा अडिएको छ ।

आज १ सय ४४ कम्पनीका १२ लाख ९५ हजार कित्ता सेयर किनबेच भएका छन् । बुधबारको तुलनामा १० करोड रुपैयाँ कमको कारोबार भएको छ । आज ७९ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबार बन्द हुँदासम्म उत्पादन मुलक समुहको नेप्से परिसुचक हरियो देखिएको छ । उत्पादन मुलक समुह ०.०६ अंकले बढेको हो । अन्य उपसमुहहरु बैंकिङ समुह ५.९२, होटल समुह १२.८१, विकास बैंक समुह १२.४४, जलविद्यृत समुह १२.२१, वित्तीय समुह ५.७६, बीमा समुह ९३.६८ र अन्य समुह ३.७६ अंकले घटेका छन् ।

नेप्से परिसुचक घटेता पनि भाग्रव विकास बैंक र सारा विकास बैंकका लागानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

कावेली विकास बैंकका लगानीकर्ताले ७.५१, प्रोगेसिप फाइनान्सका लगानीकर्ताले ६.५५ र सेती फाइनान्सका लगानीकर्ताले ६.४७ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल