चुनावको उत्साह देखिएन नेप्सेमा, ८९ करोडको कारोबार



काठमाडौं । चुनाव हुने कि नहुने अन्योल बीच स्थानीय निकायको चुनाव हुने लगभग पक्का जस्तै भइसकेको छ । देश चुनावमय भइसकेको अवस्थामा नेपाल स्टोक एक्सेन्ज (नेप्से )मा चुनावको उत्साह देख्न सकिएको छैन् । बुधबार १६५८.३३ अंकबाट कारोबारको सुरुवात गरेको नेप्से कारोबार बन्द हुँदा ४.०४ अंकले वृद्धि भएर १६६२.३८ अंकमा रोकिएको छ ।

आज १ सय ४२ कम्पनीका १३ लाख कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकममा पनि कमि देखिएको छ । ८९ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसुचकमा खासै उत्साह नदेखिए पनि दुई उप समुह विकास बैंक समुह ४.९४ र उत्पादन मुलक समुह २.०४ अंकले घटेका छन् । वृद्धि हासिल गर्ने उप समुहमा बैंकिङ समुह ४.४४, होटल समुह ४३.०७, जलविद्यृत समुह ६.५२, वित्तीय समुह २.१५, बीमा समुह १६.५४ र अन्य समुह ४.९२ अंकले बढेका छन् ।

आज सप्तकोशी डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

जनउत्थान सामुदायिक लघुवित्त र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थानका लगानीकर्ताले ५ प्रतिशतमाथी गुमाएका छन् ।


पुष्प दुलाल