कांग्रेसको काठमाडौं मेयरका उम्मेद्वार भन्छन्- केशब स्थापितले मलाई बधाई दिइसक्नुभयो



काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको उम्मेद्वार राजबाबु जोशीले आफूले चुनाब जितेलगत्तै काठमाडौंमा धुलो हटाउने घोषणा गरेका छन् ।

त्यसैगरी जोशीले आफ्नो कार्यकालमा उपत्यकामा फ्रि वाइफाइको व्यवस्था गर्ने पनि घोषणा गरेका छन् ।

मंगलबार दिउसो निर्वाचन आयोगमा उम्मेद्वारी दर्ता गराउँदै मेयरका उम्मेद्वार जोशीले उपत्यकामा मेट्रो रेल ल्याउने प्लानिङ गर्ने बताए ।

त्यसैगरी, सरकारी विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न लागि पर्ने उनको प्रतिवद्धता व्यक्त गरे ।

जोशीले आफूले चुनाव जित्ने दावी गरे । उनले आफूसँग काठमाडौ महानगरपालिका सञ्चालन गर्ने भिजन रहेको पनि प्रष्ट पारे ।

‘काठमाडौ महानगरपालिका चलाउन मसँग भिजन छ, अन्र्तराष्ट्रिय सम्बन्ध पनि भएकाले अरु उम्मेदवार भन्दा म फरकनै छु,’ उनले भने ।

नेपाली कांग्रेस काठमाडौमा बलियो छ, कसैसँग गठबन्धन गर्नुपर्ने आबश्यकता नरहेको जोशीको भनाई छ।

‘हामी जित्ने मान्छे कसैसँग गठबन्धन गर्नुपर्दैन हामी ५० हजार भोटले माथि रहेका छौँ,’ उनले भने ।

त्यसैगरी, जोशीले काठमाडौं महानगरका पूर्वमेयर केशब स्थाथिापितले पनि आफूलाई अग्रिम बधाई दिएको जानकारी दिए ।

‘केशब स्थापितले पनि मलाई फोन गरेर मैले मेयरको टिकट पाइन, अब जित्ने तपाईंले नै हो भनेर भनिसक्नु भएको छ,’ जोशीले भने ।

स्थापितलाई एमालेले मेयरको टिकट नदिएको हो ।

जोशी २०३५ साल देखि नेपाली कांग्रेसमा आवद्ध छन् । ०४७ सालताका काठमाडौं कांग्रेसका सचिव रहेका उनी हाल महाअधिबेसन प्रतिनिधि छन् ।

नेकपा एमालेको काठमाण्डौं महानगरपालिकाको मेयर उमेद्वार बिद्या सुन्दर शाक्यले आफु मेयरमा निर्वाचित भए मनानगर चौबिसै घण्टा खुल्ला राख्ने बताएका छन् ।

आज उमेद्वारी दर्ता गर्न राष्ट्रिय सभा गृह आएका शाक्यले पार्टीले आफुलाई बिश्वास गरेर टिकट दिएका हुनाले नेकपा एमालेका कार्ययोजनाहरुलाई लागु गर्ने आफ्नो प्रमुख दायित्व भएको बताएका छन् ।

शाक्यले काठमाण्डौंको सुरक्षामा पनि आफ्नो प्रमुख चासो रहेको बताएका छन् ।

काठमाण्डौंका पूर्व मेयर केशव स्थापितको पनि एमालेको तर्फबाट मेयरमा निकै चर्चा थियो ।

तर, अन्तमा टिकट पाएका शाक्यले केशव स्थापितलाई केशव स्थापित बनाउने मध्ये आफु पनि एक भएको र आगामी चुनाव र चुनावपछि पनि स्थापितको सहयोग पाउने दाबी गरे ।


पुष्प दुलाल