सेयर बजारमा देखिएन चुनावको माहोल, महाअभियोगकै प्रभाव कायम



काठमाडौं । चुनाव हुने हल्लासँग उर्लिएको सेयर बजार चुनावको मनोनयन दर्ताको दिन दोहोरो अंकको वृद्धि हासिल गर्न सकेको छैन ।

स्थानीय चुनावका प्रतिनिधी दर्ता गर्ने दिन मंगलबार नेपाल स्टोक एक्सेन्ज (नेप्से )मा ७.५५ अंकको वृद्धि देखिएको छ । १६५०.७८ अंकबाट मंगलबारको सुरु भएको नेप्से कारोबार बन्द हुँदा ७.५५ अंकले वृद्धि भएर १६५८.३३ मा रोकिएको छ ।

आज १ सय ४३ कम्पनीका १५ लाख ४८ हजार कित्ता सेयर किनबेच भएका छन् । ९२ करोड ९० लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समुह ६.८८, विकास बैंक समुह १६.४३, जलविद्यृत समुह ३.१६, बीमा समुह ७९.०२ अंकले बढेका छन् । होटल समुह २८.८८, वित्तीय समुह २.१७, उत्पादन मुलक समुह ५.४६ र अन्य समुह २.३२ अंकले घटेका छन् ।

कमाउने लगानीकर्ताहरुमा ओमी माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् । नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाएका छन् ।

गुमाउने लगानीकर्ताहरुमा ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.१८ प्रतिशतले गुमाएका छन् । माउन्ट मकालु विकास बैंकका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु