एक अर्ब नाफा गर्दा माछापुच्छ्रेको इपिएस स्थिर



काठमाडौं । माछापुच्छ्रे बैंकले चैत मसान्तसम्ममा एक अर्ब नाफा कमाएको छ । माछापुच्छ्रे बैंकको चैत मसान्तसम्ममा ६२ करोड नाफा गरेको थियो ।

बैंकले अघिल्लो वर्षको तुलनामा नाफामा ६१ प्रतिशतले बढाएको छ । ६ अर्ब ५९ करोड चुक्ता पुँजी रहेको बैंकले चैत मसान्तसम्ममा ५८ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा विस्तार ५३ अर्ब रुपैयाँ गरेको छ ।

एक अर्ब नाफा गरेपनि बैंकको प्रति सेयर आम्दानी(इपिएस) भने स्थिर देखिएको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको इपिएस २४ रुपैयाँ ६९ पैसा छ । अघिल्लो वर्ष २४ रुपैयाँ ९८ पैसा रहेको छ । बैंकले ब्याज आम्दानी मार्फत एक अर्ब ७५ करोड कमाएको छ ।


क्लिकमान्डु