पानासोनिक हाईब्रिड आईपी–पिबीएक्स नेपाली बजारमा



काठमाडौं। नेपालका लागी पानासोनिक ब्राण्डको आधिकारिक वितरक इभोलूसन ट्रेडिङले बजारमा पानासोनिक हाईब्रिड आईपी–पिबीएक्स नेपाली बजारमा उपलब्ध गराएको छ । इभोलूसन ट्रेडिङका निर्देशक तरुन बज्राचार्यले सो उत्पादनको बारेमा जानकारी दिए।

एडभान्स्ड केएक्स–एचटिएस८२४ एक आधुनिक हाईब्रिड आईपी–पिबीएक्स हो । यसमा २४ वटा एक्सटेन्सन लाइनको क्षमता रहेको छ, जुन साना तथा मध्यम वर्गीय ब्यवसायको आवश्यकता पुरा गर्न सहज मानिएको छ । त्यसै गरी आईपी यूजको प्रयोग गर्न यस केएक्स–एचटिएस८२४ मा कुनै बाह्य उपकरणहरु खरिद गरि राख्नु नपर्ने जनाइएको छ ।

कलर आईडी, अटो एटेन्डेन्स/भ्वाइस मेल, वाईफाई, फोन कन्फ्रेरेन्स फीचर र बिवाईओडी फंग्सनलगायतका विशेषताहरु केएक्स–एचटिएस८२४ मा रहेका कम्पनीले जनाएको छ ।

 


क्लिकमान्डु