बंगलादेशी फर्निचर ब्राण्ड हातीलको शोरुम नेपालमा खुल्यो



काठमाडौं । बंगलादेशको फर्निचर ब्राण्ड हातीलले नेपालमा शोरुम स्थापना गरेको छ । नेपालमा अखिल ट्रेडीङ कन्सर्नसँगको साझेदारीमा शोरुम स्थापना भएको हो, जुन नेपालको आधिकारीक विक्रेताको रुपमा रहेको छ ।

शोरुम काठमाडौंको त्रिपुरेश्वरमा रहेको वल्र्ड ट्रेड सेन्टरमा स्थापना भएको छ । आज आयोजित एक कार्यक्रममा आपूर्तीमन्त्री दिपक बोहोराले शोरुमको उद्घाटन गर्दै पछिल्लो समय गुणस्तरीय सामान रोज्ने नेपालीको बानीका कारण विभिन्न खालका गुणस्तरीय फर्निचरका लागी हातील ब्राण्ड रोजाईमा पर्ने बताए ।

आधिकारीक विक्रेता अखिल ट्रेडीङका अध्यक्ष अखिलकुमार चापागाईले अमेरीका, रुस, क्यानडाका साथै थाइल्याण्ड र भुटानमा समेत शोरुम स्थापना भएको हातील ब्राण्ड नेपालीले मन पराउने बताए ।

शोरुम उद्घाटनको एक साता आफ्ना उत्पादनहरुमा प्रर्वद्धनात्मक छुट दिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु