अनिल शाहले भनेः म जस्तो होइन, नारायणदास जस्तो काम गर्नु पर्यो



काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष अनिल शाहले प्राइम बैंकको इफिसेन्सीबाट अरु बैंकर्सले सिक्नुपर्ने बताएका छन् । आफू धेरै ठाँउमा बोल्दै हिड्ने तर प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर काम गरेर बसिरहने भएका कारण प्राइम बैंकको इफिसेन्सी राम्रो भएको उनको भनाइ छ ।

‘म धेरै ठाँउमा गएर बोलिरहेको हुन्छु, नारायणजी बसेर काम गरिरहनु भएको छ, त्यसैले पनि होला प्राइमको इफिसेन्सीबाट अरुले पनि सिक्नु पर्ने खालको छ,’ प्राइम कन्ट्री डेभलपमेन्ट बैंक र बिराट लक्ष्मी बैंक मर्ज भएर एकिकृत कारोबारको सुरुवात गर्न आयोजित कार्यक्रममा शाहले भने ।

मर्जरमा सोचलाई प्रमुखता दिनुपर्ने उनले बताए ।

‘नम्बर हेरेरभन्दा पनि सोच मिलेर मर्जर गर्नुपर्छ,’ उनले भने ।

बैंकका अध्यक्ष उदयमोन श्रेष्ठले दुईवटा संस्था मर्जरपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३२ करोड पुगेको जानकारी दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले कन्ट्री डेभलपमेन्ट र बिराट लक्ष्मी बैंकमा गाभेपछि नयाँ उत्साह थपिएको बताए । मर्जरपछि आफ्नै भवनबाट सेवा दिन थालेको भन्दै उनले बैंकले कम लागतमा उत्कृष्ट सेवा प्रवाह गरिरहेको दाबी गरे । प्राइम बैंकले भूकम्प पछिको पुननिर्माणमा सहुलियत दरको २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


क्लिकमान्डु