बैशाख २८ देखि सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयर



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आगामी बैशाख २८ गतेदेखि ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । आवेदन जेठ ३१ गतेसम्म खुल्ला रहनेछ ।

कम्पनीले बैशाख १७ गते (आज) बुकक्लोज गर्दैछ । यसको मतलब बैशाख १४ गतेसम्म सेयर खरिद गरेका सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन पाउँनेछन् ।
लक्ष्मी क्यापिटलले हकप्रदको ब्यवस्थापन गर्ने भएको छ ।

इच्छुक सेयरधनीहरुले लक्ष्मी क्यापिटलको कार्यालय लगायत लक्ष्मी बैंकका शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको हाल ४४ करोड ८३ लाख रुपैंयाँ चुक्ता रहेको छ र हकप्रद पश्चात कम्पनीको चु्क्ता पूँजी ५३ करोड ४५ लाख रुपैंयाँ पुग्नेछ ।

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ८ करोड ३३ लाख रुपैंयाँ खुद नाफा कमाएको छ ।

बीमा समितिले तोकेबमोजिम १ अर्ब रुपैंयाँ पूँजी पुर्याउन थप ८८ प्रतिशतले पूँजी बढाउनुपर्नेछ ।


पुष्प दुलाल