संस्थागत लगानीकर्ताको लागि खोलिने सगुनको सेयरमा सर्वसाधारणले पुन: अवसर पाउने



वासिङटन डिसी । ठुला लगानीकर्तालाई तथा संस्थागत लगानीकर्तालाई लक्षित गरी सगुनमा दोश्रो चरणको लगानी खुल्ने भएको छ ।

अमेरिकामा रहेको ब्रोकर एजेन्ट बुस्टेड सेक्युरिटिज एलएलसीसँग हालै सम्झौता गरी लगानीको अवसर पुनः ल्याउन लागेको हो । बुस्टेड सेक्युरिटी अमेरिकामा लामो समय देखि सेयर सम्बन्धी काम गर्दै आएको कम्पनी हो । दोस्रो चरणको लगानी मे महिनाको दोस्रो साताबाट खुलाउने गरी ब्रोकर एजेन्टले काम अगाडि बढाई रहेको सगुनले जनाएको छ ।

यो चरणमा ब्रोकर एजेन्टले ठूला लगानीकर्ता खोजी गरी लगानी भित्र्याउने छ । पहिलो चरणमा जस्तो यो चरणमा साना लगानीकर्ताले भने लगानी गर्न सक्ने छैनन् । सगुनले बिश्वभरबाट आएको लगानीकर्ताको आग्रहलाई ध्यान दिँदै कम्तिमा १ हजार डलर भन्दा माथि लगानी गर्न चाहनेलाई अवसर दिन गरेको आग्रह ब्रोकर डिलरले स्वीकारेले अव एक हजार डलर भन्दा माथि लगानी गर्न चाहनेले समेत यो अवसर पाउने छन । यस चरणमा कम्तिमा १ हजार डलर भन्दा माथि लगानी गर्न चाहनेले ब्रोकर बउस्टीड सेक्युरिटिज मार्फत लगानी गर्न सक्ने छन् ।

यस चरणमा करिव १७ मिलियन अमेरिकन डलर उठाइने बताइएको छ । यस चरणमा ठूला लगानीकर्तासँग सिधै ब्रोकर डिलरले डिल गर्ने हुँदा एकै चोटी ठूला लगानी समेत भित्रिन सक्ने हुदा सर्वसाधारणले लगानी खुल्ने बित्तिकै लगानी गर्नु उपयुक्त हुन्छ । १७ मिलियन नउठेसम्म मात्र लगानीको अवसर प्राप्त हुने कम्पनीले जनाएको छ । फस्ट कम फस्ट सर्भ अन्तर्गत सेयर पाउनेछन् । अर्थात पहिले लगानी गर्नेले उसले मागे जति लगानी गर्न सक्नेछ । तर लगानी भित्राउन सबै भूमिका भने ब्रोकर एजेन्टको नै हुनेछ ।

पहिलो चरणमा भने सर्वसाधारणलाई लक्षित गरी सगुनले २९९ डलर भन्दा माथि लगानी गर्न अवसर दिएको थियो । पहिलो चरणमा बिभिन्न ६१ देशमा रहेका ३ हजार ४ सय ४६ जनाले लगानी गरेका थिए । पहिलो चरणमा बिश्वभरबाट लगानी गर्ने सर्वसाधारणहरु अधिकाशं नेपाली मुलका रहेको समेत बताइएको छ ।

बिश्वभरबाट बिभिन्न कारणले सगुनमा लगानी गर्न छुटेकोले लगानीको अवसर जुटाइदिन आग्रह गरेपछि सगुनले पुन १ हजार डलर भन्दा माथि लगानी गर्नेहरुलाई अवसर दिन लागेको बताएको छ । यस चरणमा संस्थागत तथा ठूला लगानीकर्ताहरुलाई बोक्रर डिलरले लगानीको लागि आग्रह गर्ने छ । यस चरणमा पहिलो चरणको सेयर निश्कासनमा भएका मूल्य लगायतका प्रावधानहरु यथावत नै राखिने बताइएको छ । पहिलो चरणमा लगानी गर्न छुटेका इच्छुक सबैले ब्रोकर कम्पनी मार्फत लगानी गर्न पाउँछन् ।

सूचना र प्रबिधिमा नयाँ प्रयोग मार्फत बिश्व बजारमा प्रतिष्पर्धा गर्ने आँट गरिरहेको सगुनले संसारभर छरिएका नेपालीहरुबाट साथ र सकारात्मक सन्देशहरु प्राप्त भैरहेकोले अगाडि बढ्न हौसला मिलिरहेको जनाएको छ । सामाजिक सञ्जाल सगुनलाई अझ परिस्कृत तथा नयाँ नयाँ भर्सनमा प्रयोगकर्ता माँझ ल्याउन सगुन इन्क लागिपरेको छ । सगुनले अमेरिका, भारत तथा नेपालमा समेत कार्यालय स्थापना गरेर काम गरिरहेको छ । केही महिना भित्रमा नै सगुनले एप्स समेत सार्वजनिक गर्ने बताएको छ । सोसिएल स्मार्ट कार्डको लागि समेत काम अगाडि बढाई सकेको बताइएको छ ।


क्लिकमान्डु