संघाई अटो शो २०१७, यस्ता छन् नयाँ चर्चित कारहरु (हेर्नुहोस् फोटोमा)



काठमाडौं । संसारकै अटो उत्पादकको नजरमा पर्ने संघाई अटो शो आज समापन हुँदैछ । एक हप्तासम्म चल्ने यो अटो शो २१ अप्रिलबाट सुरु भएको थियो ।

पछिल्लो दशक देखि चीन गाडी निमार्ण गर्ने कम्पनीहरुको रोजाईमा पहिलो प्राथमिकतामा रहने गरेको छ । त्यसैको अभिब्यक्ती हो साङ्घाई अटो शो । त्यसलाई सहभागि कम्पनीले समेत पुष्टि गर्छ । जहाँ विश्वका १०० भन्दा बढी कार निर्माता कम्पनीले भाग लिएका छन् ।

चीनियाँ बजार सन् २००० देखि निरन्तर बढ्दै गएको छ । र, बिश्व अटोे उत्पादन क्षेमताको २८ प्रतिशत चीनले ओगट्छ । चीनमा प्रत्येक बर्ष २ करोड भन्दा बढि नयाँ कार दर्ता हुने गरका छन् ।

यो अटो शोले चीनियाँ उपभोक्ताहरुलाई गाडीका पछिल्ला र उत्कृष्ट अफरहरु प्रदान गरेको छ । साथै, बिश्वभरिका पत्र पत्रिका र आम सञ्चार माध्यमहरुलाई चीनको बढ्दो अटो ब्यवसायका बारेमा जान्न पनि मद्दत पुगेको छ ।एजेन्सीको सहयोगमा


क्लिकमान्डु