सुन आयातमा बाणिज्य बैंकको एकाधिकार तोडिनु पर्छ




काठमाडौं । नेपाल रत्न तथा आभूषण सङ्घको तेह्रौँ साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिले बिहीबार साँझ पत्रकारसम्मेलन गरेर आफ्ना कार्यक्रम सार्वजानिक गरेको छ ।

वर्तमान प्रतिस्पर्धात्मक युगमा वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउने व्यवस्थाले आफूहरुलाई मर्का परेको भन्दै नेपाल राष्ट्र बैंकले तोकेको सीमामध्ये ५० प्रतिशत सुन आयातको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

उनिहरुले सुन आयातमा पव्लिक कम्पनी स्थापनागरी शो कम्पनी मार्फत कम्तीमा ५० प्रतिशत आयात गर्नुपर्ने, बिदेशमा गरगहना निर्यातको लागि आवस्यक ऐन र पूर्वाधर निर्माण गर्नुपर्ने, सुन चाँदी व्यवसाय ऐन चाँडो ल्याउनुपर्ने लगायतका बिषयमा सरकारसँग मिलेर कामगर्ने एजेण्डा अगाडी सारेका छन् ।

नेपालमा निर्मित मौलिक एवम् कलात्मक गरगहना, बेलायत, अमेरिका, अस्ट्रेलियालगायत मुलुकमा निर्यात हुने गरेको जनाउँदै सङ्घका अध्यक्ष ज्योत्स्यना श्रेष्ठले कालिगढको पर्याप्त उपलब्धता नहुँदा आफूहरुलाई व्यवसाय सञ्चालन गर्न कठिन भएको बताएकी छिन् ।

यहाँ अहिले ८० प्रतिशत भारतिय कालिगडहरुले कामगरी रहेको जानकारी दिर्दै उनले नेपालमै रोजगारीको सृजनागरी बिदेशीने युवा जनशक्तीलाई यहि रोक्न सकिने जानकारी दिइन् ।


क्लिकमान्डु