झापामा पनि पाँच सयको नक्कली नोट भेटियो



दमक । झापाको दमकमा नेपाली रु पाँच सयको नक्कली नोट भेटिएको छ ।

दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली रु पाँच सयको नोट नक्कली भेटिएको हो ।

मजदुर अगुवा दधिराम खतिवडालाई चार दिनअघि एक यात्रुले दिएको ट्याक्सीको भाडा रुपैयाँको त्यस नेपाली नोट नक्कली भेटिएको बताइएको छ ।

दधिरामले झट्ट हेर्दा सक्कली झैं देखिने त्यस नोट यातायात कार्यालय विर्तामोडमा कर तिर्दा मात्र त्यो नोट नक्कली प्रमाणित भएको बताए ।

उनले कर बुझाउँदा मात्र त्यो नोट नक्कली भएको भन्दै फर्काइ दिएपछि थाहा पाएको बताए । त्यस नोटलाई उनले सुरक्षित राखेका छन् ।

दमकमा पाँचसय दरका नेपाली नक्कली नेपाली नोट भित्रिएको हुनसक्ने उनले आशङ्का गरे ।

गभर्नर युवराज खतिवडाको हस्ताक्षर रहेको ५०० घ २०- ४७६७९९ उल्लेख भएको नक्कली नोट सक्कलीको तुलनामा केही छोटो र पातलो भएको पाइएको छ ।

केहि दिनअघि मात्र पोखरालगायत सहरमा नक्कली नेपाली नोट भेटिएको र त्यसै गिरोहले पूर्वका बजारसम्म पनि त्यस्ता नोट भित्र्याएको हुनसक्ने अनुमान स्थानीयवासीको छ ।


पुष्प दुलाल