एक कम्पनी जसले लगानीकर्तालाई ५ वर्षमा दियो ५२३ प्रतिशत प्रतिफल



नयाँ दिल्ली । एक भारतीय टायर कम्पनीले लगानीकर्तालाई ५ वर्षमा ५ सय २३ प्रतिशत प्रतिफल दिएको छ । टायर कम्पनी एमआरएफको सेयर मुल्य विहीवार भारतीय सेयर बजारमा प्रतिकित्ता ७० हजार पुगेको छ ।

भारतीय सेयर बजारको सबैभन्दा महंगो सेयर मूल्य भएको कम्पनी बनेको एमआरएफ मुम्बई स्टक एक्सचेन्जर नेशनल स्टक एक्सचेन्जमा सूचिकृत रहेको छ ।

एसएमसी इन्भेष्टमेन्ट एण्ड एडभाइजर लिमिटेडका रिचर्स हेड सचिन सर्वदेका अनुसार एमआरएफलाई पूर्वाधार क्षेत्रमा फैलिएको फाइदा भएको छ ।

अहिले रबरको मुल्यमा गिरावट आएको छ । कम्पनीले कच्चा पदार्थ सस्तोमा किनेको हुँदा मार्जिनमा फाइदा हुँदै गएको छ ।

सवेदेका अनुसार एमआरएफको सेयर मुल्य एक वर्षको अवधीमा १ लाख पुग्ने देखिन्छ ।

पछिल्लो वर्षमा एमआरएफले लगानीकर्तालाई ५ सय २३ प्रतिशत प्रतिफल दिएको छ । सन् २०१२ मा एमआरएफको सेयर मुल्य प्रतिकित्ता ११ हजार २ सय ५१ रुपैयाँ थियो । यो अहिले बढेर ७० हजारभन्दा माथी पुगेको छ । ऐजेन्सी


क्लिकमान्डु