गोर्खाजको ५० प्रतिशत हकप्रद जेठ १ देखि



काठमाडौं । गोर्खाज फाइनान्सले जेठ १ देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

फाइनान्सले दुई सेयर बराबर एकको अनुपातमा २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद ल्याउन लागेको हो ।

हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल क्यापिटलका अनुसार हकप्रद असार ४ सम्म भर्न सकिने छ । हकप्रद एनआईबिएल क्यापिटल र गोर्खाज फाइनान्सका शाखाबाट भर्न सकिन्छ ।


क्लिकमान्डु