सेञ्चुरी बैंकको बचत खातामा ८ प्रतिशतसम्म ब्याज पाइने



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुलाई नयाँ वर्षको सौगात स्वरुप बचत खातामा अधिकतम प्रतिफल प्रदान गर्ने उद्दश्यले आफ्ना सबै प्रकारका बचत खाताको ब्याजमा उच्च दरले वृद्धि गरेको छ । सो अन्तर्गत सेञ्चुरी बैंकमा बचतकर्ताहरुले वार्षिक ८ प्रतिशतसम्म ब्याज पाउनुहुने जानकारी दियो।

बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ४ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।


क्लिकमान्डु