दुई वित्तीय संस्थाको संस्थापक सेयर साधारणमा परिणत



काठमाडौं । कसमस डेभलपमेन्ट बैंकको सेयर स्वामित्व अनुपात परिवर्तन भएको छ ।

नेप्सेमा बैंकले दिएको जानकारी अनुसार बैंकमा संस्थापको स्वामित्व ५१ प्रतिशत र सर्वसाधरणको स्वामित्व ४९ प्रतिशत रहेको छ । बैंकको १ लाख १ हजार २ सय ४८ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको छ ।

यस्तै सहरा विकास बैंकको १ लाख ३८ हजार ६ सय ९० कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको छ । बैंकको अब संस्थापकको स्वामित्व ५१ र साधारणको स्वामित्व ४९ प्रतिशत हुने छ ।


क्लिकमान्डु