अरुण काबेलीको सेयर कारोबार खुल्ला




काठमाडौं । एउटै व्यक्तिको नाममा दुईथरी सेयर प्रमाणपत्र रहेको विवादको कारण नियमित सेयर कारोबार बन्द रहेको अरुण काबेलीको सेयर कारोबार खुलेको छ ।

नेप्सेले नामसारीको विवाद देखिएपछि गत साता अरुण काबेलीको सेयर कारोबार रोक्का गरेको थियो ।

नेप्सेले आइतवार सूचना जारी गर्दै अरुण काबेलीको सेयर कारोवार खुलेको जानकारी दिएको छ । कारोबार बन्द गर्नुभन्दा अगाडि अरुण काबेलीका सेयर प्रतिकित्ता ३ सय ९३ रुपैयाँमा कारोबार भएको थियो ।


क्लिकमान्डु