यस्तो छ करोडौं झ्वाम पारेर अमेरिका पुगेका कैलाश विकास बैंकका ब्राञ्च म्यानेजरको खुल्ला पत्र



काठमाडौं । करोडौं रकम अनियमितता गरी फरार रहेका कैलाश विकास बैंकका पाखरास्थित लामाचौर शाखाका ब्राञ्च म्यानेजर रविचन्द्र खनालले खुल्ला पत्र लेख्दै आफूले बैंक तथा सर्वसाधकारणको रकम हिनामिना गरेको स्वीकार गरेका छन् ।

चैत ३१ गते राती साढे ७ बजेसम्म कार्यालयमै काम गरिरहेका खनाल करोडौं रकम अनियमितता गरी बैशाख १ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमार्फत अमेरिकातर्फ उड्न सफल भएका थिए ।

१० दिनदेखि सम्पर्कबिहीन रहेका खनालले अमेरिका पुगेर आज बिहान ३ बजे फेसबुकमार्फत खुल्लापत्र लेखेका हुन् ।

यो पनि पढ्नुहोस्-  करोडौं झ्वाम पारेर कैलाश विकास बैंकका ब्राञ्च म्यानेजर यसरी गए अमेरिका 

आफूले रकम दुरुपयोग गरेको स्वीकार गर्दै खनालले सो पैसा आफूले नभई अरुले नै चलाएको प्रष्टिकरण दिएका छन् । अरुकै कारण आफू डुबेको र यस्तो अपराध गर्न बाध्य भएको उनले लेखेका छन् । आफुलाई डुबाउनेहरुको नाम किटान गर्दै खनालले उनीहरुलाई उम्किन नदिन माग समेत गरेका छन् ।

उनले रकम स्पस्ट नखुलाई मुख्य रकम प्रयोग गर्ने ५ जना, १० लाख रुपैयाँसम्म रकम प्रयोग गर्ने २ जना र ५ लाख रुपैयाँसम्म रकम प्रयोग गर्ने २ जनाको नाम उल्लेख गरेका छन् ।

पत्रमा खनालले नराम्रो व्यक्तिको संगतले आफु फसेको बताउदै चर्को ब्याजमा रकम लेनदेन गर्दै जादा आफु फसेपछि नचाहदा नचाहदै बैंकको रकम समेत चलाउन पुगेको उल्लेख गरेका छन् ।

पत्रमा खनालले आफुले व्यक्तिगत प्रयोजनका लागी उक्त पैसा खर्च नगरेको दाबी गर्दै सबैको राम्रो गर्छु भन्दा देशनै छाड्नुपर्ने स्थिति आयो भनेका छन् । खनालले घरपरिवार , इस्टमित्र, साथीभाइ तथा सुभेच्छुकहरुलाई पिडा दिएको कारणले आफु अब जिन्दगीभर खुशी हुन नसक्ने उल्लेख गरेका छन्

आफूलाई कसैले समाउला भन्ने त्रास नभएको उनले लेखेका छन् ।

बैंकले गत बैशाख ३ गते नै खनालविरुद्ध नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) मा उजुरी दिएको छ । सीइआबीकी प्रवक्ता मिरा चौधरीले खनाल बैशाख १ गते नै विदेशिएको जानकारी दिँदै इन्टरपोलमार्फ भएपनि उनलाई समात्ने जानकारी दिइन् ।

यस्तो छ खनालले लेखेको खुल्ला पत्र जस्ताको त्यस्तै

आदरणीय , मित्रहरू , इष्ट मित्रहरू ,घर परिवार , तथा शुभ चिन्तकहरु मा मेरो नमस्कार ।

२०७४ बैशाख १ गते बेलुकासम्म राम्रै भनियेको मानिस, बैशाख ३ गते बाट एका यक नराम्रो , फटाह, चोर र भगुवा भयेको छ । यो समय को खेल रहेछ । मैले जिन्दगीमा कसैको नराम्रो सोचिन । जस्ले जति बेला जे भन्छ्न तेस्को लागि रात दिन भनिन । बोरु घर परिवार लाई समय दिन सधै दोस्रो सोचमा राखे । स्वभावैले म सबैको राम्रो नै होस भन्ने चाहन्थे । येहि स्वभाव का कारण नै आज म देश छोड्न बाध्य भयेको छु। मन भरी पिडा र छट पटा पन मात्रै भैरहेको छ । यहा कसैले समाउला देख्ला भन्ने किन्चित छैन बोरु, मन भरी का बयेथा ओक्ल्न पाये हुन्थ्यो मत्रै भइरहेको छ । मेरो जिन्दगी बच्चा बाटै मध्यम खालको थियोे ।

बा, आमा, हजुर आमा हरुले दुखै गरेर पढाउनु भयेको हो , आरोह अबरोह पार गर्दै , बैंक मा जगिर खायेको हो । बैंक मा जागीर खादा येक पटक उच तहमा पुग्ने चाहना नहुनू पनि अश्वाभाबिक थिएन तेसैको लागि, सस्था प्रती मेरो लगाब सधै रहि रह्यो । बि. बि. ए. पढ्दा पोखरामा एफएम बल्ल भित्रीएको थियो । रेडियोबाट राम भक्त जोजि ज्यु को -उडेर जुन छुन्छु भन्थे गित निकै बज्थ्यो । मैले पनि केही पटक फर्माइस गरेको थिए , सायद आज मेरो जीवन तेस्तै भयेको छ ।

सबै को जिवनमा राम्रा नराम्रा मान्छे हरु संगत गर्न आइपुग्दा रहेछन् मेरो जिबनमा पनि आये तिनीहरु लाई चिन्न नसक्नु मेरो ठुलो भुल भयो । बिगत ५ बर्ष देखि म तिनै मानिसको संगत मा परे, जश्ले एक पछी अर्को आर्थिक सहयोग माग्दै गए म बीचमा बसेर सहयोग गर्दिय । प्रतेक पटक येति गर्दिनु भयो भने १० दिन १५ दिन १ हप्ता पछी हाम्रो हिसाब मिल्छ भन्दै गए।

चर्कै ब्याज मा लिने दिने राजि भये पछी मिलाउन न त कारोबार भन्ने सोचे र बिचमा बसेर कारोबार गराइदिए । सुरु मा केही रकम मलाइ पनि न आयेको होईन तर बिस्तारै उनिहरुले रकम नदिने तर लिन पर्ने मान्छे हरु म सङ्ग आउने भये पछी फेरि अर्को सङ्ग ब्याज सहितको रकम माग्दै दिन थाले नत्र आफुलाइ मुछि दिन्छ्न कि जस्तो डर लग्दै गयो । उनिहरुले नै तिर्नुपर्ने भये पछी म किन नराम्रो हुने भन्ने सोचे । एक पछि अर्को मान्छे लाई २० लाख ,३० लाख, ४० लाख सम्म गर्दिनुहोस तेस पछी हामी मिलाउछु भन्दै गए। हिसाब मिल्छ कि भन्दै लगानी कर्ता लाइ भन्दिदै गए ।

ब्याज लिने मान्छे हरु एकै दिनमा, दुई दिन मै वा एक हप्ता मा नै राम्रो ब्याज पाउने भये पछी दिदै गय । पैसा फिर्ता पायेको केही समयमा काम छैन भनेर सोधपुछ गर्थे, अनि फेरि अर्को लाई तिर्न केही समस्या हुने थिएन । यसरिनै रकम एक पछी अर्को गर्दै १, को २ , २ को ४ हुँदै गयो, आफू रोकिनु जुन सुकै बेला घातक हुने थियोे । लगेका ले पैसा नदिने, पैसा लगानी गर्ने हरुलाई आफ्नो इज्जत जोगाउन दिन दिनै ओल्टाइ, पोल्त्टाइ गरिदिनु पर्ने, यो संगै रकम को साइज पनि ठुलै पुग्यो । आन्तिम दिन हरु मा बाध्येताले बैंक लाई नै छुन पर्ने भयो । एक रति पनि मन मा थिएन यसो गर्नु पर्ला भन्ने तर बाध्यता बन्दै गयो ।

कागजको जस्तो लाग्ने कारोबारमा वास्तविक पैसा प्रयोग हुन थाले पछी र पैसा लगेका हरु अज क्लोजिइङ मिलाउन पाये सबै मिल्छ भन्न थाले पछी म हिंड्नु बाहेक केही अरु उपाय भएन । आफ्नो सबै उजाडिए पछी कसैलाई केही नभनी म हिडे । एत्रो करोबार हुँदा पनि मैले न नजिकका साथीभाइ लाई भने न श्रीमती न घर परिवार र आफ्न्त कसैलाई भने । कि सुरुमै भनेको भये कसैले येस्तो गर्न हुन्न भन्थे होलान् तर रकम ठूलो भये पछी सबैले आफुलाइ नै मूर्ख भन्ने डर ले आफू भित्रै दबाइ रहे ।

कसैको पैसा मैले आफ्नो बक्तिगत प्रयोगमा प्रयोग गरेको छैन बोरु आफ्नै बोनस लगायत का पैसाहरु उनिहरुकै हिसाब मिलाउन प्रयोग भयेका छन । जो सुकै ले हेर्न अनुसन्धान गर्न सक्छ, हामिले अस्वाभाविक धन आर्जन गरेको, वा, जग्गा तथा शेयर किनेको भए । कति पीडा लुकाएर बसे होला म , आज आफै चकित परेको छु । न कसैले पीडाको अनुभव गरे, न कसैले भेउ पाये, म आफै भित्र पिल्सिय मात्र । येस्तो हालत मा पुर्याउने सुन्दर जीवन माटोमा बिल्याउने निम्न ब्याक्तीहरु बाट नै रकम हरु असुली गरिइउन , उनिहरु उम्किन नपाउन भन्ने नै मेरो आश्ये हो ।

मुख्य रकम प्रयोग गर्ने व्यक्तिहरु
१. पुर्ण बहादुर थापा- हाल नयाँ गाउँ, पोखरा ।
२. कृष्ण कुमार राजभण्डारी- नयाँ बजार, पोखरा ।
३. अ्मृत पण्डित- हाल बुढी बजार ।
४. रबि जिम्बा- हाल पोखरा ५, पर्श्याङ
५. अमर कुमार श्रेष्ठ- सबिक देउराली , हाल बिरौटा
१० लाखसम्म मात्र प्रयोग गर्ने व्यक्तिहरु

६. शंकर पौडेल- दमौली ।
७. नरेन्द्र जि. सि- साबिक पर्वत । हाल चितवन ।

५ लाख सम्म मात्र प्रयोग गर्ने व्यक्तिहरु

८. शिव बास्तोला, कुमार- हाल नयाँ बजार
९. राजेश कुवर- बगाले टोल ।

जो जस्ले सुरु बाटै लगानी गरेर आफ्नो पैसाको १ गुणा देखि ४, ५ गुणा सम्म प्रतिफल लि सक्नु भयेको छ, उहाँहरूले अन्तिममा दियेको सवा को लोभ गरे पनि तपाईं हरुकै कारण आज रकम ठूलो भयेको हो ।

उति बेला केही धितो नराखी जति पनि रकम दिनु भयो तपाई हरुले तेसरी कमाउने लोभमा नदियेको भये म येस्मा मुछिनु पर्ने थिएन । नयाँ मानिस हरु जस्ले अन्तिम समयमा सहयोग गरेर पीडित हुनु हुन्छ, म उनीहरु प्रती अत्यन्त दुखी छु । मेरो मन जलिरहेको छ ज । तपाईंहरु को विश्वासलाई मैले जोगाउन सकिन । राम थापा सर , म जस्तै पीडित हुनुहुन्छ होला । उहाँ ले पनि धेरै नै बिश्वास गरेर । बिहान बेलुका , रात नभनी, पैसा दिनु भयो, उहाँ ले पनि अरु संगै मागेर दिनु भयेको मलाई थाहा छ । मिल्दै जाला भन्ने आश उहाँ मा पनि थियो होला । तर मिल्न सकेन । कति सकिन्छ माथी उल्लेखित ब्याक्तीहरु संग उठाउनु होला । ब्याज ले साबा कभर गरि सकेका लाई पक्कै तिर्न गाह्राे हुन सक्छ । न पैसा आज तपाईं संग छ । न म सग ।

साना तिना रकम समाजमा चलेको ब्याज दर मा दिने हरु पनि कति दुखी छन होला । रकम दिन सक्ने अवस्था मा उनिहरुलाइ प्राथमिकता दिनु होला ।

म त अब जिन्दगीभर खुशी हुन सकिन, श्रीमती , छोरीहरु, बा, आमा , हजुरआमा , बहिनी , नजिक का इस्ट मित्र साथी भाइ सुबेकक्षुकहरु लाई सार्है पिडा दिए , एउटा् सिङो जीवन बुढा पाकाको एउटा उखान सिक्न बित्यो- कसैको सुति नपस्नु ….। अब के नै गर्न सकिन्छ र । निर्दोष परिवार का सदस्यहरु को सुरक्षा र मानवीय सम्मान होस् ।

सम्बन्धित समाचार

करोडौं झ्वाम पारेर कैलाश विकास बैंकका ब्राञ्च म्यानेजर बेपत्ता