इस्यू म्यानजेरले भन्योः चार्टर्डको एफपिओ दुई साताभित्र बाँडफाँड गर्छाैं



काठमाडौं । स्टाण्डर्ट चार्टर्ड बैंकले जारी गरेको थप सेयर निष्कासन(एफपिओ) दुई साताभित्रमा बाँडफाँड हुने भएको छ ।

एफपिओ निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलका चिफ विजनेश एण्ड अप्रेशन अफिसर कमल प्रसाद नेपालले दुईसाताभित्रमा स्टाण्डर्ट चार्टर्ड बैंकको एफपिओ बाँडफाँड हुने बताए ।

‘तोकिएको समयभित्र एफपिओ बाँडफाँड गर्न हामीले काम गरिएका छौ,’उनले क्लिकमाण्डूसँग भने ।

धितोपत्र बोर्डले शुक्रवार विज्ञप्ती जारी गर्दै चार्टर्डको एफपिओ चाडो बाँडफाँड गर्न निर्देशन दिएको थियो ।

स्टाण्डर्ट चार्टर्डले गत चैत १ देखि ४ गतेसम्म एफपिओ निष्कासन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२ सय ९० रुपैयाँमा एफपिओ जारी गरेको थियो ।

बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको २५ लाख ५८ हजार १ सय १० कित्ता एफपिओ जारी गर्दा ३८ अर्ब रुपैयाँको आवेदन परेको थियो । यसमा साना लगानी गर्ने आवेदनलाई गोलाप्रथाबाट एफपिओ बाँडफाँड हुने सम्भावना छ ।


क्लिकमान्डु