साताभर उफ्रेको नेप्से अन्तिम दिन सुस्तायो




काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३.६८ अंकले घटेर १६५८.३४ अंकमा आइपुगेको छ । साताभर तिब्र उतार चढावको सामना गरेको नेप्से अन्तिम दिन भने केही सुस्ताएको छ । बुधबार मात्र नेप्से झण्डै ५० अंकले बढेको थियो ।

बिहिबार १४३ कम्पनीको १८ लाख १७ हजार २ सय ४५ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने १ अर्ब ३८ करोड रुपैंयाँको भएको छ ।

बिहिबार सबैभन्दा बढि कारोबार प्रभु बैंकको भएको छ । प्रभुको ७ करोड ९९ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी नेशनल लाइफको ७ करोड ६७ लाख, राष्ट्रिय बीमा कम्पनीको ६ करोड ९ लाख रुपैंयाँको कारोबार भएको छ ।

बिहिबार उपसुचकहरुमा होटेल ७.६९, बीमा ३३.७१ र अन्य ३.४७ अंकले बढेका छन् भने बैंकिङ ६.३४, बिकास बैंक ८.१३, जलबिद्युत २.३४, बित्त ७.३५ र उत्पादन ५.४६ अंकले घटेका छन् ।

बिहिबार २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । र्मिमिरे माइक्रोफाइनान्स र काबेली बिकास बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाएका हुन् ।
यसैगरी तिनाउ बिकास बैंक, गुडविल फाइनान्स, अरुण फाइनान्स र एनबी इन्स्योरेन्सका लगानीकर्ताले ४ देखि ५ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु