नेपाल बैंकको २३.७४ प्रतिशत हकप्रद सेयर पाउने भए आजै सेयर किन्नुहोस्



काठमाडौं । नेपाल बैंकले २३.७४ प्रतिशत हकप्रद सेयरका लागि भोली चैत २९ गते बुकक्लोज गर्ने भएको छ । यसको मतलब हकप्रद सेयर सुरक्षित गर्नका लागि लगानीकर्ताले आजै सेयर किन्नु पर्नेछ ।

बैंकले आगामी बैशाख ७ गतेदेखि २३.७४ प्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ८९ करोड रुपैंयाँ खुद नाफा कमाएको छ । हकप्रदपछि बैंकको चुक्ता पूँजी अहिलेको ६ अर्ब ४९ करोड रुपैंयाँबाट बढेर ८ अर्ब ४ लाख रुपैंयाँ पुग्नेछ ।


पुष्प दुलाल