नेपाल लाइफको स्मार्ट जीवन बीमा योजना सार्वजनिक



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ ‘स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस’ भन्ने मूल नाराका नयाँ योजना ल्याएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले पोखरामा आयोजित एक कार्यक्रमका बीच उक्त नयाँ बीमा योजनाको सुरुवात गरेका थिए नयाँ बीमा योजनाको सफलताको कामना गर्दै अध्यक्ष चापागाईले आम जनताको बचत परिचालनमा सघाऊ पुरयाउने बिश्वास व्यक्त गरे । उनले सो स्मार्ट जीवन बीमा योजनाको बीमित आफू पनि बन्ने घोषणा समेत गरे ।

कम्पनीका संचालक कमलेश कुमार अग्रवालले समाजका हरेक बर्गका मानिसहरुको चाहना बमोजिमका विभिन्न आकर्षक बीमा योजनाहरु तर्जूमा गरी आफ्ना ग्राहकहरुलाई सदा उच्चतम र गुणस्तरिय बीमा सेवा प्रदान गर्ने कम्पनीको मुलभूत उदेश्य रहेको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिवेक झाले स्मार्ट जीवन बीमा योजनाका मुलभूत बिशेषताहरुका बारे प्रकाश पारेका थि । उनले योजनामा सबै थप्काका दैनिक १० रुपैयाँमा १० लाख रुपैयाँको जीवन बीमा गराउन सक्ने भएकोले जीवन बीमाको दायरा बिस्तारमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।


क्लिकमान्डु