इटहरीबाट पनि सेयर कारोबार शुरु



काठमाडौं । सुनसरीको इटहरीबाट पनि सेयर खरिद बिक्रीको कार्य सुरु भएको छ ।

नेपाल धितोपत्र वोर्ड तथा नेपाल स्टक एक्स्चेन्जको अनुमति पछि वोकर नं ४७ निभ सेक्युरिटीजले आइतवारवाट सेयर कारोवार शुरु गरेको हो ।

हाल ५० वटा सेयर व्रोकर कार्यरत रहेका छन भने ५० वटै शाखाखोल्ने तयारी छ । शाखाविस्तारसँगै नेपालभरीबाट लगानीकर्ताले सेयर खरिद विक्रीगर्न सहज हुने छ ।

असार मसान्त सम्म सवै ब्रोकरले शाखा खोलीसक्ने स्टकले जानकारी दिएको छ ।


पुष्प दुलाल