सुर्या लाइफको ५ प्रतिशत बोनस पाउन सेयर किन्ने भोली अन्तिम दिन



काठमाडौं । सुर्या लाइफ लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयरको लागि भोली सोमबार (चैत २८ गते) बुकक्लोज गर्ने भएको छ ।

यसको मतलब ५ प्रतिशत बोनस सेयर सुरक्षित गर्न लगानीकर्ताले आजै सेयर किन्नु पर्ने भएको छ ।
कम्पनीको आगामी साधारण सभाले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांस पारित गर्ने छ ।

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । ५ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी ६५ करोड ६२ लाख रुपैंयाँ पुग्ने भएको छ । बीमा समितिको पछिल्लो निर्णय अनुसार कम्पनीले २ अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने छ । यसका लागि कम्पनीले थप २०५ प्रतिशत पूँजी बढाउनुपर्ने छ ।


क्लिकमान्डु