नेपाल लाइफले खोल्यो पोखरामा क्षेत्रीय कार्यालय



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा क्षेत्रिय कार्यालय खोलेको छ । कार्यालयको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले गरे ।

क्षेत्रिय कार्यालयको उद्घाटन गर्दै चापागाईले जीवन बीमा क्षेत्रले आम जनताको स–सानो बचत परिचालन गरि पूँजी निर्माणमा महत्वपुर्ण भूमिका निर्वाह गर्दैआएको र जीवन बीमा क्षेत्रसँग रहेको पुँजीलाई उपयोग गर्न बिशेष प्रकारको बिकास ऋणपत्र ल्याउन पहल गर्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले क्षेत्रीय कार्यालय पोखराको स्थापनाबाट यस क्षेत्रको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास व्यक्त गर्र्नुहुदै बीमितहरुको लगानी प्रतिफल बृद्धि गर्न कम्पनीले हरसम्भव प्रयास गर्दै आएको बताए ।

कम्पनीका संचालक कमलेश कुमार अग्रवालले बिद्यमान परिवेशमा क्षेत्रीय कार्यालयको आवश्यकता झनै बढ्न गएको एवं बिकेन्द्रीकरणको लागि सुरुवात भएको बताए ।


क्लिकमान्डु