यी हुन् आफ्नै सोचको बलमा बनेका अर्बपति



सामान्यतः शुरुवाती ब्यवसायहरु १० मा ९ वटा असफल हुन्छन् भनिन्छ । तर, सफल भएका ब्यवसायहरुमा भने एउटा समानता भेटिन्छ, अदभूत सोच ।

१. ल्यारी पेज र सर्जे ब्रिन स्ट्यान्फोर्डमा पिएचडिरत बिद्यार्थी थिए । जब उनीहरुको दिमागमा ‘सर्च इन्जिन’ को सोच आयो । तर, उनीहरुको सोच बजारमा प्रचलित सर्च इन्जिनहरु भन्दा फरक थियो । उनीहरुले सोचेको सर्च इन्जिनले शब्दहरुको माध्यमबाट मात्र नभई सम्बन्धित र उपयुक्त अन्य ‘पेजहरु’ को पनि खोजी गर्दथ्यो ।

उनीहरुले सोचेको गुगल सर्च इन्जिनले अहिले पुरै बजारका पकड जमाएको छ । ६६ अर्ब डलरको कारोबार छ । संसारकै निकै प्रचलित मोबाइल फोन ‘प्लेटफर्म’ एनरोइड बनाउने देखि बिख्यात भिडियो वेबसाइट युट्युबको पनि संचालन गर्छ । पेज र ब्रिन हाल ३०÷३० अर्ब डलरको मालिक भएका छन् ।

२. अमेरिकाको वाल स्ट्रिटमा सन् २०७० ताका कारोबारीको रुपमा काम गर्दै गर्दा माइकल ब्लुम्बर्गले वित्तीय कम्पनीहरु आधिकारीक ब्यवसायीक सूचनाका लागि धेरै पैसा खर्च गर्न तयार भन्ने पत्तो पाए । त्यसपछि उनले महत्वपूर्ण सूचनाहरु दिने ब्यवसाय खोले ।

अहिले ब्लुम्बर्गको ८ अर्ब डलर बार्षिक कारोबार छ । र, वित्तीय सूचना प्रवाह गर्ने बिश्वकै शक्तिशाली मिडिया भएको छ । ब्लुम्बर्गको कुल सम्पत्ती ३७ अर्ब डलर रहेको अनुमान छ ।

३. जेफ बेजोस सन् १९९० तिर वाल स्ट्रिट फर्ममा काम गर्थे, जब उनले आफ्नै कम्पनी खोल्ने निधो गरे । अन्तत उनले अनलाइन किताब पसल खोल्ने निर्णय गरे ।

अहिले अमेजोनले किताब देखि फनिर्चरसम्म र ग्याजेट्स देखि वाइनसम्मको बिक्रि गर्छ । उनको कम्पनीको बार्षिक कारोबार ८८ अर्ब डलर छ । उनको सम्पत्ती भने ३८ अर्ब डलर हाराहारी छ ।

४. सन् १९९५ मा अमेरिका पुग्दा ज्याक मा इन्टरनेट देखेर लोभिएका थिए । उनले इन्टरनेट सँग सम्बन्धित दुई ब्यवसाय गर्ने प्रयास पनि गरे । तर, असफल भए । त्यसपछि उनले तेस्रो आयोजनाको रुपमा अलिबाबा शुरु गरे, जहाँ उत्पादकहरुले सिधै आफ्नो उत्पादन अलिबाबामा सूचिकृत र बिक्रि गर्न सक्थे । त्यसको १५ बर्ष पछि अलिबाबाले संसारकै सबैभन्दा ठूलो २ सय अर्ब डलरको आइपिओ बिक्रि ग¥र्यो । उनीसँग अहिले ७५ अर्ब डलर हाराहारी सम्पत्ती छ ।

५. मार्क जुकरबर्ग हार्बडमा पढ्दै थिए, जब उनलाई ‘फेसम्यास’ भन्ने वेबसाइटको सोच आयो । यहि साइटमा खेल्दै गर्दा उनले कसरी प्रबिधिले मानिसहरुलाई जोड्न सक्छ भन्ने सिके । र, ‘द फेसबुक डट कम’ नामको साइट शुरु गरे ।

पछि उनले त्यसको नाम फेसबुक बनाए । १ दशक भन्दा छोटो समयमा फेसबुक २ सय ५० अर्ब डलरको कम्पनी भैसकेको छ । र, उनको सम्पत्ती ५० अर्ब डलर माथी छ ।

६. स्ट्यान्फोर्डमा पढ्दा जेरी याङ र डेभिड फिलोले वेबसाइटहरुका लागि ‘डाइरेक्टरी’ बनाउने सोच बनाए । उनीहरुले ‘जेरी एण्ड डेभिड्स गाइड टु द वल्र्ड वाइड वेब’ शुरु गरे ।

शुरु गरेको १ बर्ष पछि यो बिश्वकै सबैभन्दा चर्चित वेबसाइट भयो । त्यसपछि उनीहरुले वेबसाइटको नाम फेरेर ‘याहु’ बनाए । याङ अहिले याहुमा छैनन् । तर, उनीसँग २ अर्ब डलर बराबर सम्पत्ती छ । फिलो भने अझै याहुको बोर्डमा छन् ,र ३ अर्ब डलरको मालिक पनि छन् ।


पुष्प दुलाल