कुन बैंकका सीइओ कसको प्रोडक्ट ?



काठमाडौं । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को सान नै बेग्लै हुन्छ । कुनै पनि कम्पनीको सीइओ भनेको त्यो कम्पनीको कार्यकारी अधिकार भएको व्यक्ति हो ।

अर्बौंको कारोबार हुने र सयौं कर्मचारी हुने बैंकको सीइओको सान मात्रै हुँदैन, मासिक लाखौं तलब पनि हुन्छ । त्यसैले सीइओको जागिर चानचुन कुरा होइन ।

हाल नेपालमा २८ वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन्, जसमध्ये ३ वटा सरकारी स्वामित्वका र २५ वटा निजी क्षेत्रबाट सञ्चालित बैंक छन् । ३ वटा बैंक (स्टान्डर्ड चार्टर्ड, नेपाल एसबिआई र एभरेष्ट बैंक) विदेशी संयुक्त लगानीमा सञ्चालित बैंकह हुन् । ती बैंकको सीइओ विदेशी नै छन् ।

सरकारी बैंक छाडेर कुरा गर्ने हो भने बैंकका सीइओको तलब/भत्ता मासिक ५ लाख देखि २० लाख रुपैयाँसम्म छ । यतिधेरै तलब/भत्ता खाने सीइओ कसरी उत्पादन भए ? कसले उत्पादन गर्यो ? यो भने तपाईंका लागि चाखलाग्दो विषय हुनसक्छ ।

त्यसैले हामीले कुन बैंकका सीइओ कसको उत्पादन हुन् भन्ने कुरा तपाईंलाई जानकारी होस् भन्ने उद्देश्यले यो समाचार तयार पारेका हौं ।

स्टान्डर्ड चार्टर्ड बैंक, नविल बैैंक र नेपाल राष्ट्र बैंक सबैभन्दा धेरै बैंकर उत्पादन गर्ने कारखाना देखिएका छन् ।

अहिले कार्यरत सीइओहरुमध्ये ९ जना स्टान्डर्ड चार्टर्ड अर्थात तत्कालीन ग्रिनलेज बैंकका प्रोडक्ट हुन् ।

त्यस्तै, ५ बैंकका सीइओ नविल बैंकका उत्पादन हुन् भने ४ जना सीइओहरु राष्ट्र बैंकका उत्पादन हुन् । बाँकी सीइओहरु सरकारी बैंक र केही निजी बैंकका प्रोडक्ट हुन् ।

नविल बैंक 

शसिन जोशी (हाल नविल बैंकमै)
अशोक राणा(हिमालयन बैंक)
अनिल ज्ञवाली (ग्लोबल आइएमइ बैंक)
सुरेन्द्र भण्डारी (सिद्वार्थ बैंक
भुवन दाहाल (सानिमा बैंक)

राष्ट्र बैंक 

राजनसिंह भण्डारी (सिटिजन बैंक)
ज्ञानेन्द्र ढुंगाना (एनबी बैंक)
रत्नराज बज्राचार्य (सनराईज बैंक)
लिलाप्रकाश सिटौला (कृषि विकास बैंक)

ग्रिनलेज अर्थात् स्टान्डर्ड चार्टर्ड

अनिल शाह (मेगा बैंक)
अजय श्रेष्ठ (बैंक अफ काठमाडू)
कुमार लम्साल (जनता बैंक)
लक्ष्मण रिसाल (एनआइसी एसिया बैंक)
सुनिल केसी (एनएमबि बैंक)
सुदेश खालिङ (लक्ष्मी बैंक)
निरज श्रेष्ठ (माछापुछ्रे बैंक)
राजिब गिरी (कुमारी बैंक)
रमेश अर्याल (एनसीसी बैंक)

अरु कहाँका ?

हाल नेपाल बैंकमा सीइओ रहेका देवेन्द्रप्रदाप शाह कृषि विकस बैंकका उत्पादन हुन् । त्यसैगरी, हाल राष्ट्रिय वाणिज्य बैंकका सीइओ रहेका किरण श्रेष्ठ भने नेपाल बैंकका उत्पादन हुन् ।

प्रभु बैंकका सीइओ अशोक शेरचन एनबि बैंकका उत्पादन हुन् । त्यस्तै सिभिल बैंकका सीइओ किशोर महर्जन हिमालयन बैंकका उत्पादन हुन् ।

इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे हिमालयन बैंकका उत्पादन हुन् । त्यस्तै सेञ्चुरी बैंकका सीइओ अनुजमणि तिमल्सीना इन्भेष्टमेन्ट बैंकका उत्पादन हुन् ।


पुष्प दुलाल