निर्जीबन बीमा कम्पनी संचालकले भनेः पुँजी बृद्धि ठीक छ




काठमाडौं । बीमा समितिले बीमा कम्पनीको चुक्ता पुँजी ४ गुणाले बढाउने गरी गरेको निर्णय निर्जीबन बीमा कम्पनी संचालकले स्वागत गरेका छन् ।

समितिले गत चैत १८ गते निर्देशिका जारी गर्दै निर्जबन बीमा कम्पनीको चुक्ता पुँजी कम्तिमा पनि १ अर्ब रुपैयाँ हुनै पर्ने ब्यवस्था गरेको थियो ।

सो निर्णयको निर्जीवन बीमा व्यवसाय संघले स्वागत गरेको छ । समितिले निर्जीबन बीमा ब्यवसाय गर्ने कम्पनीलाई २०७५ असार मसान्त भित्रमा चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउन निर्देशिका जारी गरेको छ । सो निर्देशिकालाई निर्जीवन बीमा व्यवसाय संघले स्वागत गरेको अध्यक्ष आरके मानन्धर जानकारी दिए ।


क्लिकमान्डु