गुणस्तरहीन सामान उत्पादन गर्ने चार दर्जन उद्योग कारबाहीमा




काठमाडौं । गुणस्तरहीत सामान उत्पादन गर्ने चार दर्जन उद्योगहरु कारवाहीमा परेका छन् । गुणस्तर तथा नापतौल विभागले सरकारी मापदण्ड भन्दा कम गुणस्तरको समान उत्पादन गरेको भन्दै उद्योगहरुलाई कारबाही गरेको हो ।

चालु आर्थिक वर्ष २०७३/७४ को आठ महिनामा विभागको सबैभन्दा बढी सिमेन्ट र डण्डी उद्योग कारबाहीमा परेका हुन् । हिमाल आइरन एन्ड स्टील्स, रिलायन्स सिमेन्ट, नेपाल सिलिण्डर उद्योग, शिव्म सिमेन्टदेखि नाम चलेको दुई दर्जनभन्दा बढी सिमेन्ट उद्योग र डण्डी उद्योगलाई कारबाही गरिएको गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले जानकारी दिए ।

गल्ती गर्ने उद्योगले जुन व्याजमा गल्ती गरेको हुन त्यस व्याचका सबै समान बजारबाट फिर्ता गराउँदै बिक्री वितरणमा समेत रोक लगाउने गरेको विभागले जनाएको छ ।

त्यसैगरी, ओम, बुटबल र घोराही सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टमा खराबी फेला परेपछि त्यस ब्याजका सम्पूर्ण सामान बजारबाट र्फिता लिन र बिक्री वितरणका रोक लगाइएको पुडासैनीले बताए ।

विभागले कम गुणस्तरको सिमेन्ट उत्पादन गर्दै बजारमा पठाएको अभियोगमा सुभश्री जगदम्बालाई समेत कारबाही गरेको छ । अहिले फेरि विभागले यी उद्योगले उत्पादन गरेको सिमेन्टको नमुना संकलन गरी ल्याव परीक्षण गरिरहेको छ ।

त्यसैगरी, नेपाल गुणस्तरले तोकेको भन्दा कम गुणस्तरका सिमेन्ट उत्पादन गरेको भन्दै सिद्दार्थ सिमेन्टको उत्पादनमा रोक लगाए पनि अहिले भने फुकुवा गरेको छ ।

त्यस्तै, अरनिको सिमेन्ट, सुप्रिम सिमेन्ट, सर्वोत्तम सिमेन्ट पनि विभागको कारबाहीमा परेका थिए । प्रिमियम वार्यस प्रालि र नेशनल केबल प्रालि पनि कारबाहीमा परेको थियो ।

१५ मिमि र २५ मिमिको डण्डीमा कम गुणस्तर रहेको फेला परेको केसमा हामा आइरन एन्ड स्टील्स प्रालिलाई पनि विभागले कारबाही गरेको पुडाशैनीले बताए

विभागले शंकाको घेरामा राखेर विजया उद्योगको ओपीसी सिमेन्टको नमुना संकलन गर्दै गरेको परीक्षणमा एमजीओ मापन नेपाल गुणस्तर अनुरुप नरहेको फेला परेपछि त्यस ब्याचको सबै उत्पादनको बिक्री वितरणका रोक लगाएको छ । उद्योगले त्यसपछि स्पष्टीकरण पेश गरिसके पनि त्यसको फाइन रिर्पोट भने आउन बाँकी रहेको छ ।

त्यस्तै, कम गुणस्तरका सिमेन्ट उत्पादन गर्ने विशाल, अम्बे, इस्टर्न कसमस, बुटबल सिमेन्ट, आरएमसी, कलश ब्रान्डको सिमेन्ट उत्पादन गर्ने श्री सिमेन्ट, शिवम सिमेन्ट, चितवन सिमेन्ट र जय मंगलम सिमेन्ट उद्योगका कारबाहीका परेका छन् ।

कारबाहीमा पर्ने उद्योगले कैफियत गरेको ब्याच नम्बरका सिमेन्ट बजारबाट फिर्ता गराएर बिक्री वितरणमा रोक लगाइएको छ । कतिपय उद्योगले फुकुवा पाइसकेको छन् भने केही प्रक्रियामा रहेका छन् ।

यस्तै विभागको कारबाहीका महालक्ष्मी ग्यास रेगुलेटर, त्रिशक्ति केबल प्राली, नारायणी रोलिङ मिल्स र हिमाल आइरन एन्ड स्टील्स प्रालि रहेको छन् ।

यसैगरी सरकारी मापदण्ड र ऐन कानुन विपरित इनामेलका बढी लिड राख्ने एपोलो पेन्टस र जस्मिन पेन्टस प्राली पनि विभागको कारबाहीमा परिसकेका छन् । त्यस्तै, लक्ष्मी प्लाष्ट्रि प्राली, मार्बल टेक्नोप्लाष्ट, हिमालयन सिमेन्ट, लुम्बिनी केबल प्राली, एभेरेष्ट रोलिङ प्राली, अन्नपूर्ण भेजिटेबल प्रोडक्स समेत कारबाहीमा परेको पुडाशैनीले बताए ।

गल्ती गर्ने उद्योगले जुन व्याजमा गल्ती गरेको हुन त्यस व्याचका सबै समान बजारबाट फिर्ता गराउँदै बिक्री वितरणमा समेत रोक लगाउने गरेको विभागको भनाई छ ।

यी हुन् गुणस्तर तथा नापतौल विभागको कारबाहीमा परेका उद्योगहरु 

उद्योगको नाम कैफियत
हिमाल आइरन एन्ड स्टील १८ र २२ मिमिको डन्डी विना इजाजत उत्पादन
जय मंगलम सिमेन्ट (ओपीसी)  तोकिएको समयमा इजाजत नविकरण नगरेको
काठमाडौं स्टील्स प्राली तोकिएको समयमा इजाजत नविकरण नगरेको
एभरेष्ट रोलिङ प्राली तोकिएको समयमा इजाजत नविकरण नगर्दा रद्ध
हिमालयज सिमेन्ट झापा तोकिएको समयमा इजाजत नविकरण नगर्दा रद्ध
अरनिको सिमेन्ट (ओपीसी र पीपीसी) तोकिएको समयमा इजाजत नविकरण नगरेको
जग बागेश्वरी पीपीसी सिमेन्ट नेपालगञ्जबाट संकलन नमुनामा आइआर मान कम
रिलायन्स सिमेन्ट कम गुणस्तर
श्री सिमेन्ट कम गुणस्तर
चितवन सिमेन्ट ब्याच नम्बर उल्लेख नभएको सिमेन्ट (इजाजत रद्द)
शिबम सिमेन्ट सितापाइल टे«डिङबाट संकलित ओपीसी सिमेन्टमा ब्याज नमबर नभएको
नारायणी रोलिङ मिल्स १२ र १६ मिमिको डन्डीमा कम गुणस्तर
आरएमसी ओपीसी सिमेन्ट कम गुणस्तर
बुटबव ओपीसी सिमेन्ट मिल्स कम गुणस्तर
इस्र्टन कसमस ओपीसी सिमेन्ट कम गुणस्तर
अम्बे  पीपीसी सिमेन्ट कम गुणस्तर तथा नेपाल गुणस्रत चिह्न  समेत नलिएको
विशाल सिमेन्ट गुणस्रत अनुरुपको कच्चा पदार्थ प्रयोग नगरेको
हामा आइरन एन्ड स्टील्स १२ र १५ मिमिको डन्डीमा कम गुणस्रत
अरनिको सिमेन्ट इजाजत रद्द अवस्थामा पनि उत्पादन
सुप्रिम सिमेन्ट माग्नेसियाको मात्र नेपाल गुणस्रत अनुरुप नरहेको
ओम सिमेन्ट कम गुणस्तरका सिमेन्ट
बुटवल सिमेन्ट मिल्स प्राली कम गुणस्तर
घोराही सिमेन्ट प्राली कम गुणस्रत
सिदार्थ सिमेन्ट उद्योग कम गुणस्तर
सुभश्री जगदम्बा सिमेन्ट कम गुणस्रत


पुष्प दुलाल