बीमा समितिले नयाँ बीमा कम्पनीको लाइसन्स खुलायो (निर्देशिकाको पूर्ण पाठसहित )



काठमाडौं । बीमा समितिले निर्देशिका जारी गरेर नयाँ बीमा कम्पनीको लाइसन्स खुलाएको छ ।

आइतबार निर्देशिका जारी गर्दै बीमा समितिले नयाँ कम्पनीको लाइसन्स खोलेको हो ।

समितिले २५ पृष्ठ लामो बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ जारी गर्दै नयाँ लाइसन्स दिन आवश्यक व्यवस्था गरेको हो ।

नयाँ बीमा कम्पनीको दर्ताको लागि ५ वर्षको व्यवसायिक योजना,पुँजी संरचनाको विवरण,स्थीर सम्पत्तीको विवरण,व्यवस्थापन खर्च तथा नयाँ बीमकले स्थायित्व पाउन सक्ने वा दीगो बृद्धि हासिल गर्ने आधरभूत रणनीति पेश गर्नुपर्छ ।

नयाँ बीमालेख सम्बन्धी योजना लगायतका विवरण पेश गर्नुपर्ने बीमा समितिको निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाले न्यूनतम ५१ प्रतिशत संस्थापक सेयर ४९ प्रतिशत सर्वसाधारणको सेयर रहने गरी पब्लिक लिमिटेड कम्पनीलाई बीमा कम्पनीको लाइसन्स दिन योग्य भनेको छ ।

जसमा निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब हुने छ । विदेशी लगानीमा स्थापना हुने बीमा कम्पनीले ८० प्रतिशत विदेशी लगानी र २० प्रतिशत स्वदेशी लगानीमा बीमा कम्पनी खोल्न सक्ने छन् ।

५० प्रतिशतभन्दा कम विदेशी लगानी भएमा सर्वसाधारणलाई न्यूनतम ३० प्रतिशत सेयर दिनुपर्छ । सेयर जारी गर्दा कायम रहेका कर्मचारीलाई ५ प्रतिशत सेयर अनिवार्य दिनुपर्ने व्यवस्था समितिले गरेको छ ।

समितिले २०७५ असार मसान्तभित्रमा चुक्ता पुँजी निर्जीवन बीमाको हकमा १ अर्ब र जीवन बीमा कम्पनीको हकमा २ अर्ब पुर्याउनुपर्ने छ । संचालनमा रहेका बीमा कम्पनीले तीन महिनाभित्रमा बीमा समितिलाई चुक्ता पुँजी बढाउने योजना पेश गर्नुपर्ने हुन्छ ।

समितिले तोकेको समयमा चुक्ता पुँजी पुर्याउन नसक्ने कम्पनीले समयसिमा सकिन साथ दिन अगाडि समितिमा निवेदन दिनुपर्ने हुन्छ । समितिलाई बीमा कम्पनीले चुक्ता पुँजी पुर्याउन नसकेको कारणमा चिक्त बुझे थप तीन महिना पुँजी बृद्धिको लागि समय थप गर्न सक्ने छ ।

यो पनि पढ्नुहोस्- नयाँ बीमा कम्पनीले सीइओ खोज्न थाले 

समितिले ९ वर्षदेखि नयाँ बीमा कम्पनीको लाइसन्स रोकेको थियो । चिरञ्जीबी चापागाईं गत पुस १८ गते बीमा समितिको अध्यक्ष बनेर आएपछि बीमा समितिले रोकिएको लाइसन्स खुल्ला गरेको हो ।

निर्देशिकाको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

 


क्लिकमान्डु